#दुर्घटना

उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु, एक घाईते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 8,2022


RatoParkhalउदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एकको मृत्यु, एक घाईते

ईखबर पुस २४ शनिबार/उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहामा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटनाहुदा एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन्  । सो दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरी का दिलिप दुलालको मुत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका साढे ५ बजे गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ –०१द्द००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाँदा मोटरसाईकल चालक देउरीका ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भएका थिए ।                                                                               घाईते दुबैलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये दुलालको उपचारको क्रममा राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल चालक घाईते चौधरीको भने उपचार भईरहेको छ । ट्रिफर चालक त्रियुगा नगरपालिका–६ लालपत्ताका ३६ बर्षीय मेख बहादुर राउत प्रहरीको नियन्त्रणमा रहेको छन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो