ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको ताप्ली गाउँपालिका स्थित यारीखोलामा प्रदेश सरकारले निर्माण गरेको मोटरेवल पुलको उद्घाटन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 6,2022


RatoParkhalउदयपुरको ताप्ली गाउँपालिका स्थित यारीखोलामा प्रदेश सरकारले निर्माण गरेको मोटरेवल पुलको उद्घाटन

ईखबर पुस २२ बिहिबार/उदयपुरको ताप्ली गाउँपालिका स्थित यारीखोलामा प्रदेश सरकारद्वरा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन भएको  छ । हिजो प्रदेश नम्बर १ का भौतिक पुर्वाधार विकास मन्त्री हिमाल कार्कीले पुलको उद्घाटन गर्नु भएको हो । उदयपुरको ताप्ली गाउँपालिका ५ स्थित यारीखोलामा करिब ८ करोड ७४ लाखको लागतमा पुल निर्माण भएको यातायात पुर्वाधार निर्देशनालय प्रदेश नम्बर १ ले जनाएको छ । बेतिनि, नुनथला, कुमलटार, रुपाटार, ठानागाउँ  सडक अन्तर्गत पर्ने उक्त पुल निर्माण भएपछि ताप्ली गाउँपालिका र लिम्चुङ्बुङ गाउँपालिका साथै खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका स्थानीयहरुलाई प्रत्यक्ष फाईदा पुग्ने छ । २०७६ चैत ६ गते प्रदेश सांसद कला घलेले उक्त पुलको शिलान्यास गर्नु भएको थियो । पुल निर्माण ए एन एस केएम जेभी एन एस जेभी कम्पनी काठमाडौले गरेको हो । कोभिडको माहामारिको विचमा समेत काम गरेको र १८ महिनामा निर्माण सम्पन्न गरेको मन्त्रालयका सचिब मोहन चापागाईंले जनकारी दिनु भयो ।   


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो