#सामाजिक

कटारी नगरपालिकामा पुस २५ गतेबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाईने ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 4,2022


RatoParkhalकटारी नगरपालिकामा पुस २५ गतेबाट भेरोसेल खोपको दोस्रो  मात्रा लगाईने ।

ईखबर पुस २० मंगलबार/कटारी नगरपालिकामा पुस २५ गतेबाट पहिलो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो डोज खोप लगाईने भएको छ । हिजो कटारी नगरपालिकाले सुचना प्रकाशन गरेर मङ्सिर महिना र सो भन्दा अगाडी भेरोसेल खोप पहिलो मात्रा लगाएका र दोस्रो डोजको प्रर्खाइमा रहेका लक्षित वर्गलाई यहि पुस २५ गतेबाट खोप लगाउन सुरु गरिने जानकारी गराएको हो । पुस २५ गते कालीखोला, सिमानपुर, तित्रीबोट स्कुल, रतनपुर मा.वि, भान्टाबारी, खानी भञ्ज्याङ्, पट्ना भञ्ज्याङ्, बेतिनी, चिलाउने, बरबास स्कुल, घुर्मी खोप केन्द्र भवन, तेस्तै पुस २६ गते तिम्नाही स्कुल, खसिबास, मरुवा स्कुल, मर्जेतपुर, थलिया, आयुर्वेद भवन निम्पाटार, पिनापु, गहुबारी शहरी क्लिनिक, फेदि, जालिमे स्कुल मयाखु, राना गाउँ पुस २७ गते आधारभुत स्वास्थ्य केन्द्र बेलसोत, स्वास्थ्य चौकी भवन गुरासे, ताराघारी खोप केन्द्र, सुघारे आधारभुत स्वास्थ्य केन्द्र, वडा कार्यलय सिरिसे, स्वास्थ्य चौकी भवन सोरुङ, खानिडाडा, स्वास्थ्य चौकी मयाखु, स्वास्थ्य चौकी भवन लेखानी पुस २८ गते आधारभुत स्वास्थ्य केन्द्र  बेलसोत, कटारी अस्पताल, भुल्के स्कुल, स्वास्थ्य चौकी भवन सिरिसे, स्वास्थ्य चौकी भवन लिम्पाटार, स्वास्थ्य चौकी भवन हर्देनी र पुस २९ गते कटारी अस्पताल, खैरेनी बिधालय, स्वास्थ्य चौकी रिस्कुमा भेरोसेल खोपको दोस्रो दोज लगाईने भएको छ । साथै खोप लगाउन आउदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड साथमा लिएर आउन पनि अनुरोध गरेको छ ।         


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो