ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा भोलीबाट दोस्रो मात्राको “भेरोसेल” खोप लगाउन सुरु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 3,2022


RatoParkhalउदयपुरमा भोलीबाट दोस्रो मात्राको “भेरोसेल” खोप लगाउन सुरु

ईखबर पुस १९ सोमबार/उदयपुरमा पहिलो मात्राको कोरोना विरुद्धको “भेरोसेल” खोप लगाएकाहरुलाई भोलीबाट दोस्रो डोज खोप लगाउन सुरु गरिने छ । मंसिर महिना र सो भन्दा अगाडी पहिलो मात्रा “भेरोसेस” खोप लगाएका र दोस्रो डोजको पर्खाइमा वसेका लक्षित वर्गलाई मंगलबारबाट खोप लगाउन लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुका अनुसार साविककै खोप केन्द्रहरुबाट खोप लगाइने छ । जिल्लाका आठ वटै पालिकामा दोस्रो मात्राको “भेरोसेस” खोप दिन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्रियुगा र चौदण्डीगढी नगरपालिकामा पुष २० देखि २३ गते सम्म खोप लगाउने कार्य रहेको छ । बेलकामा पुष २१ देखि २४ गते सम्म खोप लगाउने कार्य रहेको छ । कटारीमा पुष २५ देखि २८ गते सम्म खोप सञ्चालन गरिने छ ।
त्यसैगरी, रौतामाई, लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकामा एकै साथ पुष २५ गते देखि २८ गते सम्म खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय उलयपुरले जनाएको छ ।
खोप लगाउन आउदा अनिर्वाय रुपमा पहिलो मात्राको खोप लगाएको खोपकार्ड बोकेर आउन जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख बृज कुमार दासले अनुरोध गर्नु भएको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो