#राजनीति

उदयपुरका सुरेश कुमार राई र मणि खम्बु माओवादी केन्द्रीय सदस्यमा निर्वाचित

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 3,2022


RatoParkhalउदयपुरका सुरेश कुमार राई र मणि खम्बु माओवादी केन्द्रीय सदस्यमा निर्वाचित

ईखबर पुस १९ सोमबार/उदयपुरका माओवादी नेता तथा सांसद सुरेश कुमार राई (हिमाल) र अर्का नेता मणि खम्वु माओवादी केन्द्रको केन्दीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौँ माहाधिवेशनले उदयपुर बाट राई र खम्वुलाई केन्दीय सदस्यमा निर्वाचित गरेको हो । पार्टीका केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नामा हिजो मात्रै घोषणा गरेका थिए ।
केन्द्रीय समितिको लागि खुल्लातर्फ १५४ जना र समावेशीतर्फ १५४ जनाको कोटा थियो । सम्मेलनले खुल्लातर्फ १११ जनालाई निर्वाचित गरेको छ । यस्तै समावेशीतर्फ १२५ जना निर्वाचित भएका छन् । अब खुल्लातर्फ ३४ जना र २९ जना मनोनयन गरिनेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो