ब्रेकिङ न्युज


#दुर्घटना

उदयपुरको चौदण्डीमा सवारी दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 26,2021


RatoParkhalउदयपुरको चौदण्डीमा सवारी दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

ईखबर पुस ११ आइतबार/उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको ज्यान गएको छ । त्रियुगा नगरपालिका–१ जोगीदहका २५ वर्षीय गंगाराम चौधरीको टिपरले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको हो ।
बिहान ९ बजे चौदण्डीगढी–५ भित्रि सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्बरको टिपरलाई स।१० प ८७९८ नम्बरको मोटर साईकलले ओभरटेक गर्ने क्रममा टिपर संग ठक्कर लागि दुर्घटना भएको थियो । सोही मोटरसाईकल पछाडि सवार चौधरीको श्रीमती २४ वर्षीया संगिता चौधरी समेत घाईते भएकिमा फत्तेपुर अस्पतालमा उपचार भईरहेको छ । उक्त टिपर र चालक सुनसरी हरीपुर गाउँपालिका–८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो