ब्रेकिङ न्युज


#राजनीति

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 23,2021


RatoParkhalनेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित

ईखबर पुस ८ बिहिबार/नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । उनले निर्वाचन प्रक्रियाबाट अध्यक्षमा विजय हाँसिल गरेका हुन् ।
हिजो नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० मत खसेको थियो । जसमा विजयी मिक्सोले १६९ मत प्राप्त गरे । उनका प्रत्याशी मुक्साहाङ मेन्याङ्वोले ६४ मत ल्याए । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीन जना उपाध्यक्षहरुमा मणीकुमार साम्पाङ, देवान चामलिङ र शिवकुमार डाँगी विजयी भएका छन् । सचिवमा गणेश उप्रेती (सुशिल) विजयी भएका छन् । तीन सहसचिवहरुमा कुमारी राई, सागर किराँती, ऋषीराम ढुंगाना विजय भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी विजयी भएका छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो