# फुटबल

महिला साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले आज भारत संग खेल्दै ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 19,2021


RatoParkhalमहिला साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपालले आज भारत संग खेल्दै  ।

ईखबर पुस ४ आइतबार/१९ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारत संग खेल्दैछ ।

खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ ।

समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालसहित भारत, भुटान, श्रीलङ्का र बङ्गलादेश गरी पाँच टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । शीर्ष दुई टोली उपाधिका लागि बुधवार खेल्नेछन् । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो