ब्रेकिङ न्युज


#राजनीति

उदयपुर निर्वाचन क्षेत्र नं २ को नेपाली काङ्ग्रेस क्षेत्रीय सभापतिमा राम कुमार राई बिजयी ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 25,2021


RatoParkhalउदयपुर निर्वाचन क्षेत्र नं २ को  नेपाली काङ्ग्रेस क्षेत्रीय सभापतिमा राम कुमार राई बिजयी ।

ईखबर ९ मङ्सिर,बिहिबार/नेपाली काङ्ग्रेसको १४औं महाधिबेशन प्रतिनिधि सभा अन्तर्गत उदयपुर निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा राम कुमार राई बिजयी भएका छन । कुल खसेको ६६७ मत मध्ये राईको पक्षमा ३१९ मत खसेको थियो  भने उनका प्रतिस्पर्धी राम कुमार खत्रीको पक्षमा ३०४ मत खसेको  थियो । राईले खत्रीको भन्दा १५ मत बढी ल्याएर बिजयी भएका हुन ।      त्यस्तै अन्य पदमा बिजयी हुनेहरुमा सचिब पदमा मोहन सिंह ठकुरी ३२५, हिरा कुमार कार्की ३९०, सह सचिबमा कमल बहादुर कटवाल ३३१, बिरेन्द्र कुमार राई ३११, खुल्ला तर्फ कुमार अधिकारी ३१४,चन्द्र बहादुर कार्की ३१३, हेम राई दिपक ३१४, महिलाको खुल्ला तर्फ भिमकुमारी माझी ३११, त्यस्तै आदिबासी जनजाती तर्फमा गडुल सारु मगर ३२६, बल बहादुर तामाङ ३१९ ,आदिबसी जनजाती महिला तर्फ कमला राई ३१६, पदम कुमारी आले मगर २८६, दलित बाट रुद्र बहादुर रोक्का सार्की ३१६, खस आर्य बाट गणेश बहादुर कार्की २९२, जंग बहादुर राउत २९२, त्यसै गरि उदयपुर क्षेत्र नं २ प्रदेश सभा क खुल्ला सदस्यमा निशान कुमार राई ३१३, प्रेम कुमार थापा ३३७, महिला तर्फ यचरी बिक २९३, प्रदेश सभा ख खुल्ला सदस्यमा धर्म बहादुर राई ३१९, भुपाल आले मगर २९४, महिला खुल्ला तर्फ ज्ञान कुमारी गिरि २९५ मत ल्याई विजयी हुँदै निर्बाचित भएका छन ।                                            उदयपुरको कटारीमा मंगलबार भएको निर्वाचनमा जम्मा खसेको ६६७ मतमा ४४ मत बदर भएको थियो ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो