ब्रेकिङ न्युज


#सामाजिक

गाइघाटबाटै सवारी अनुमती पत्र (लाईसेन्स)को प्रयोगात्मक परिक्षाको सुरुवात

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 24,2021


RatoParkhalगाइघाटबाटै सवारी अनुमती पत्र (लाईसेन्स)को प्रयोगात्मक परिक्षाको सुरुवात

ईखबर मङ्सिर ८,बुधबार/पहिलोपटक उदयपुरको गाइघाटबाटै सवारी अनुमती पत्र (लाईसेन्स)को प्रयोगात्मक परिक्षाको सुरुवात भएको छ । प्रदेश १ का भौतिक यातायात तथा विकास मन्त्री हिमाल कार्कीले आज उदघाटन गरेसंगै सुरुवात भएको हो । पहिलो प्रयोगात्मक परिक्षार्थीलाई सिठ्ठी फुकेर उद्घाटन गरेका मन्त्री कार्कीले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन गरे ।

उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहजरुपले सेवा प्रदान गर्न निर्देशन दिएका छन् । कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको हल गर्ने प्रतिबद्धता दिए ।


यातायात कार्यालय उदयपुरले गत कार्तिक २८ गतेदेखि सवारी अनुमती पत्र जारी प्रक्रिया सुरु गरेको हो । उदयपुरबाटै यातायात सम्बन्धी सबैखाले सेवा सुरु भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री कार्कीले यसले छिमेकी जिल्लाहरुमा समेत सुविधा पुग्ने बताए ।

प्रयोगात्मक परीक्षा (ट्रायल)को सुरुवातको पहिलो दिन २५० जना परिक्षार्थी सहभागि छन् । उनीहरु पाँचदिनअघि लिखित परिक्षामा उतिर्ण भएका र सवारी लाइसेन्स थपका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले प्रदेशको विकास, निर्माण र जनताको समृद्धिको पक्षमा सदैव काम गर्ने बताए । जनताको अभिमतलाई कदर गर्दै सरकारले धेरै राम्रो काम गर्न नसके पनि वैमान नगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा र सुनिता चौधरीले मन्तब्यमा सेवा सुरुवात भएकोमा खुसी ब्यक्त गर्दै आफुहरुको पहल रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विरेन्द्रकमार यादव लगायत सुरक्षा प्रमुखहरु, राजनीतिक दलका नेता लगायतको उपस्थिति थियो । निर्देशक यातायात व्यवस्था निर्देशनालय इटहरीका निर्देशक भिमप्रसाद गौतमले यातायात कार्यालयको तर्फबाट प्रभावकारी सेवा हुने बताए ।

    


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो