ब्रेकिङ न्युज


# फुटबल

सहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 19,2021


RatoParkhalसहिद स्मारक ‘ए’ डिभिजन लिग आजदेखि

ईखबर, मङ्सिर ३ शुक्रबार/सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा ललितपुरका दुई टोली सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

खेल बेलुका पौने पाँच बजेदेखि सुरु हुनेछ । लिग फुटबलको इतिहासमा फ्लडलाइटमा पहिलो पटक खेल हुन लागेको हो । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । डिभिजन ‘बी’ को उपाधि विजेता सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

फ्रेन्ड्स क्लबले ‘ए’ डिभिजन लिग खेले पनि उपाधि जित्न भने सकेको छैन । आजदेखि सुरु हुने लिगमा १४ टोलीको सहभागी हुनेछन् । यसपटक सातदोबाटो, फ्रेन्ड्स क्लबसहित जावलाखेल, पुलिस, त्रिभुवन आर्मी, एनआरटी, एपीएफ, मछिन्द्र, बिग्रेड, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, च्यासल, सङ्कटा र हिमालयन शेर्पाले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पुछारका दुई टोली रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो पटक लिगको उपाधि मछिन्द्र क्लबले जितेको थियो । लिग विजेताले ७५ लाख तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो