ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा मजदुर बोकेको ट्याक्टर दुर्घटना : एको मृत्यु, १९ घाईते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 18,2021


RatoParkhal उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसीमा मजदुर बोकेको ट्याक्टर दुर्घटना : एको मृत्यु, १९ घाईते

ईखबर २ मङ्सिर बिहिबार/उदयपुरमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको ज्यान गएको छ, भने १९ जना घाईते भएका छन् । जिल्लाको त्रियुगा नगरपालिका– ९ गैरुन बस्ने ४० वर्षीय बौका सदाको ट्याक्टर दुर्घटनामा ज्यान गएको हो । आज ९बिहिवार० ०८ः५० बजेको उदयपुरगढी गाउँपालिका–६ दनुवारबेसी स्थित मदनभण्डारी राजमार्गमा गाईघाटबाट रुपाटार तफ जादै गरेको प्र।नं।२–०१–००१ त १०८३ नम्बरको ट्याक्टर घुम्ति मोड्मा अनियन्त्रित भई दुर्घट्ना भएको छ ।
उक्त दुर्घटनमा गम्भीर घाईते भएका सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा १०ः ५० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो । ट्रयाक्टरमा सवार अन्य १९ जना घाईते भएका छन् । घाईतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार भइरहेको डिएसपी गौतमले बताउनुभयो । घाईते मध्ये मृत्कका श्रीमती वर्ष ४० का नारायण वत्ती सदा, गैरुनकै वर्ष १६ की सुकुन सदा र त्रियुगा–१० करमगाछि का २० वर्षीय दिवस सार्की गम्भिर घाईते भएको छन् । उनीहरुको खट्टा,शरिरको विभिन्न भागमा चोटलागेको र बोल्न नसक्ने अवस्था रहेको छ । घाईतेहरुको थप उपचारका लागि बिराटनगर लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर घट्नास्थलमै रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धारको लागी अस्थाई प्रहरी पोष्ट नेपालटारबाट प्रहरी टोली खटि गएको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो