ब्रेकिङ न्युज


#राजनीति

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कटारीमा पनि पर्यो ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 16,2021


RatoParkhalनेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कटारीमा पनि पर्यो ।

ईखबर ३० कात्तिक मंगलबार/नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द को प्रभाव कटारिमा पनि परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै  नेकपाले आवहान गरेको देशब्यापी बन्दको प्रभाव कटारीमा परेको हो ।                                                                                                      आज बिहानै देखि कटारी बजार सुन्सान रह्यो साथै स्कुल कलेज लगाएत सैक्षेक संघ संस्था  ब्यापार ब्यबसाय पनि ठप्प रहे । कटारी बजार हुँदै चल्ने लामो तथा छोटो दुरिका यातायातका साधन पनि चलेका थिएनन ।                                                                बन्दमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरिको बजार क्षेत्रमा बाक्लै उपस्थिति देखिएको थियो । बिप्लव नेतृत्वको नेकपाले सरकारलाई सर्बसाधारण जनताको ढाड सेक्ने गरी मुल्यबृद्धि गरेकाले तत्काल मुल्य वृद्धि फिर्ता लिन आग्रह गरेको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो