ब्रेकिङ न्युज


#सामाजिक

अब उदयपुरको गाईघाटबाटै सवारी लाईसेन्स पाइने

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 16,2021


RatoParkhalअब उदयपुरको गाईघाटबाटै सवारी लाईसेन्स पाइने

ईखबर ३० कात्तिक मंगलबार/अब उदयपुरको सदरमुकाम गाईघाटबाटै सवारी लाईसेन्स पाइने भएको छ । उदयपुरको गाईघाटबाट पहिलो पटक सवारी लाईसेन्सको व्यवस्था गरिएको यातायात व्यवस्था कार्यालय उदयपुरले जनाएको छ । लाईसेन्सको सुविधा नहुँदा उदयपुरबाट बिभिन्न ठाउँ इटहरी, लाहान, काठमाण्डौँ लगायत अनेत्रै बाट सवारी लाईसेन्स प्राप्त गर्नु पर्थ्यो ।

आफ्नो जिल्लामै सवारी लाईसेन्स नपाउँदाको पिडा र दुख अन्य ठाउँमा धेरै उदयपुरले जनताहरुले खपेका थिए । बिषेशगरी उदयपुरका चालकहरुले लाहान बाट निकै ठुलो कष्ट खेपेर सवारी लाईसेन्स बनाउने गरेको सवारी धनीहरु बताउँछन् । धेरै जिल्लाका मान्छेहरुले एकै ठाउँमा लाईसेन्स बनाउँनु पर्दा सहजै लाईसेन्सका लागि सुबिधा समेत नभएको उनिहरु बताउँछन् ।

अहिले उदयपुरबाटै सवारी लाईसेन्स वितरण गरिने भएपछि बिषेश गरी खोटाङलाई समेत धेरै सहज भएको यातायात व्यवस्था कार्यालय उदयपुरका प्रमुख सुवास कार्कीले बताउनुभयो । कार्कीका अनुसार खोटाङ लगायत ओखलढुङगा, सोलुखुम्वु, भोजपुर लाई समेत सहज भएको बताउनुभयो ।

गाईघाट बाट लाईसेन्सका लागि ट्रायल प्रक्रिया पनि छिटै हुने कार्कीले बताउनुभयो । अनलाईन फर्म भरेको करिब १ हप्ता भित्रै ट्रायलको प्रक्रियामा अघि बढ्ने समेत प्रमुख कार्कीले बताउनुभयो ।
उदयपुरमा अहिले सम्म यातायात कार्यालयले दिने सम्पूर्ण सुबिधाहरु दिइएको भएपनि लाईसेन्स भने वितरण गरेका थिएन । गाईघाटमै लाईसेन्सको सुविधा भएपछि लाईसेन्सकै लागि दैनिक ५ सयको हाराहरीमा सेवाग्राहीहरु कार्यालय आउने प्रमुख कार्कीले जनाउनुभयो । लाईसेन्सको लागि गैरुनमा ट्रायल दिने ठाउँ बनाइएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो