ब्रेकिङ न्युज


#सामाजिक

राष्ट्रपति भवनबाट सुरु भयो राष्ट्रिय जनगणना २०७८

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 11,2021


RatoParkhalराष्ट्रपति भवनबाट सुरु भयो राष्ट्रिय जनगणना २०७८

ईखबर २५ कात्तिक,बिहिबार/राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गर्नुभएको छ । 

आज बिहीवार बिहान शीतल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्याङ्क उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरु गर्नुभएको हो ।

आजदेखि राष्ट्रपति भण्डारीको पहिलो विवरण सङ्कलन गर्दै देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरूले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिनुभएको थियो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली आज बिहान राष्ट्रपति निवासमा पुग्नुभएको थियो । 

जनगणनाको प्रश्नावलीमा ८० प्रश्न समावेश गरिएको छ ।  देशभर गणकहरू नागरिकका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता ’ नारासहित आजदेखि सुरु भएको जनगणना मङ्सिर ९ गते सकिँदैछ । देश भरको जनगणना गर्न ४० हजार गणक र आठ हजार पाँच सय सुपरीवेक्षक खटाइएको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो