ब्रेकिङ न्युज


#दुर्घटना

धनुषामा बस दुर्घटना पश्चात आग्लागी : १० भन्दा बढी घाइते, चालक फरार

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: November 10,2021


RatoParkhalधनुषामा बस दुर्घटना पश्चात आग्लागी : १० भन्दा बढी घाइते, चालक फरार

ईखबर २४ कात्तिक बुधबार/धनुषामा आज बस दुर्घटना भई आगलागी हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस सडकदेखि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । आगलागीपछि बस पूर्ण रुपले जलेको छ ।
दुर्घटनामा बसमा सवार १० भन्दा धेरै घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ४० वर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो