ब्रेकिङ न्युज
प्रकाशित मिति: November 2,2021
ईखबर १६ कात्तिक मंगलबार/बेलसोतनेपालीहरुको महान पर्व शुभदिपावली तथा छठ पर्वको पावन अबसरमा अनुशासन,विकास र गतिशीलता भन्ने नराकासाथ आज बाट उदयपुरको कटारी नगरपालिका १ बेलसोतमा बेलसोत नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।आज बाट सुरु भएको प्रतियोगिताको उदघाटन कटारी नगरपालिकाको उपमेयर भिम कुमारी राउतको प्रमुख आतिथ्यमा भएको थियो । बेलसोत युवा क्लबले आयोजना गरेको खुल्ला नकआउट फुटबल प्रतियोगितामा बेलसोत युवा कल्ब सहित दस वटा क्लब ले प्रतिस्पर्धा गर्ने छन। यहि कात्तिक १६ गते देखि २६ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार सहित शिल्ड मेड्ल र प्रमाणपत्र पाउने छ्न भने दोस्रो हुनेले टिमले नगद ५१ हजार सहित ट्रफी मेड्ल र प्रमाणपत्र पाउने छ्न। प्रत्येक खेलमा म्यान अफ द म्याचको पनि ब्यबस्था रहेको आयोजकले जनाएको छ । खेल हरेक दिन दिउँसो २ बजे देखि सुरु हुनेछ ।