ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आगलागीबाट एक घर जलेर नष्ट

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 25,2021


RatoParkhalउदयपुरको चौदण्डीगढी नगरपालिकामा आगलागीबाट  एक घर जलेर नष्ट

ईखबर ८ कात्तिक सोमबार/उदयपुरको चौदण्डीगढी नगरपालिकामा आग्लागीबाट एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका– १ सिम्लेस्थित फुसको छानो भएको रहरमान राईको घरमा आग्लागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आईतबार बिहान १० बजेदेखि सल्कीएको आगो घर खरानी भएपछि मात्र नियन्त्रणमा आएको थियो । स्थानीय राईको एक तले घरमा भएको खाद्यन्न तथा लताकपडा र नगद सबै जलेको स्थानीले बताएका छन् । आगलागीको कारण भने थाहा हुन नसकेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो