ब्रेकिङ न्युज


#दुर्घटना

उदयपुरमा बोलेरो दुर्घटना, ८ जना घाइते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 24,2021


RatoParkhalउदयपुरमा बोलेरो दुर्घटना, ८ जना घाइते

ईखबर ७ कात्तिक,आइतबार/उदयपुरमा ब्रेक फेल भएर बोलेरो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–५ आम्बोटेमा बर्रेबाट कटारी तर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन् ।

उदयपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय खिलराज तामाङ, सोही ठाउँ बस्ने वर्षीय २० आशिष खड्का, सोही पालिका–४ बस्ने ५० वर्षीया सुनमाया तामाङ, सोही वडा बस्ने २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीया चिनमाया तामाङ, १५ वर्षीय मेख बहादुर बस्नेतको साथै दोलखा जिल्ला विगुल गाउँपालिका–४ बस्ने २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।
घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
ओरालोमा आउँदै गर्दा बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक प्रहरी नियन्त्रणमा रहेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो