ब्रेकिङ न्युज


#फुटबल

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 13,2021


RatoParkhalनेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश

ईखबर २७ असोज,बुधबार/नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।

मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो  ।

खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए।

यस्तै खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।

पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो