ब्रेकिङ न्युज


#फुटबल

साफ च्याम्पियनसिप :आज नेपाल र भारत भिड्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 10,2021


RatoParkhalसाफ च्याम्पियनसिप :आज नेपाल र भारत भिड्दै

ईखबर २४ असोज,आइतबार                                        माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ ।

भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।                                                                                    पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । 

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको छ । 
                                                                                भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।
नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो