ब्रेकिङ न्युज


#सामाजिक

उदयपुर कटारीमा दुई फार्मेसी सिल, दुईको कागज जफत

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 7,2021


RatoParkhalउदयपुर कटारीमा  दुई फार्मेसी सिल, दुईको कागज जफत

ईखबर २१ असोज,बिहीबार                                                स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएको पछि बुधबार कटारीको दुई दुई फार्मेसी सिल गरिएको छ भने दुईको कागज जफत गरिएको छ । औषधी व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनको क्रममा कटारी बजारमा रहेका दुई फार्मेसीमा सिल गरेको छ भने दुईको कागजपत्र जफत गरेको छ ।
देव मेडिको र पूणर् दुर्गा मेडिकल हल सिल गरिएको छ भने बारा मेडिकल हल र साझा पोलिक्लिनिकको कागजात जफत गरिएको छ । देव मेडिकोबाट म्याद गुज्रेको भिटाजिक्स दुई बट्टा, कोडेसोफ्ट इपो ५ बट्टा र दुई बोटल सेनिटाइजर सहित पसल सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जानकारी दिए । यस्तै बारा मेडिकलमा भिटाजिक्स दुई बट्टा सहित पसलको कागज पत्र जफत गरेको छ ।
अनुगमनको क्रममा एक दर्जन बढी पसल अनुगमनको क्रममा एक पसलमा मृत्यु भएको व्यक्तिको नाममा पनि फार्मेसीको लाइसेन्स भेटिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुर स्रोतले जनाएको छ । औषधिको विक्रि वितरण गर्दा ‘फर्मासिस्ट’ ९व्यवसायी० अनिवार्य रूपमा औषधी पसलमा बस्नुपर्ने व्यवस्था औषधी व्यवस्था विभागले गरेको भएपनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको छ ।
औषधी ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘औषधी चिकित्सकको प्रेशक्रिप्सन बमोजिम विक्रि(वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।’ औषधीको विक्रीवितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ । तर, उदयपुरको सदरमुकाम गाईघाटमा फार्मेसीको लाइसेन्स भाडामा लिएर औषधि पसलहरु छ्याप छ्याप्ती खुल्ने क्रममा रहेको छ । अनुमगन गर्ने निकायको अभावमा उदयपुरमा चोक चोकमा यस्ता विना दर्ता निजी स्वास्थ्य क्लिनिक र औषधि पसलहरु भेटिन्छ ।
यस्तै बेल्टार, रामपुर, कटारी, मुर्कुची लगायतका बजारहरुमा विना दर्ता औषधि पसलहरु खुल्लेआम विक्री वितरण गर्ने गरेको पाइएको छ । कतिपय फर्मासिस्टले कमिसनको लोभमा आफ्नो लाइसेन्स फार्मेशीमा भाडा दिएर उनीहरू अर्कै ठाउँमा काम गर्ने गरेको गुनासोहरु सुन्न पाइन्छ । -  गाउँपालिका बाट     


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो