ब्रेकिङ न्युज


#फुटबल

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासंग भिड्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 4,2021


RatoParkhalसाफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासंग भिड्दै

ईखबर १८ असोज,सोमबार                                          माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज सोमबार दोस्रो खेल खेल्दैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपालले आज श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरेका थिए । नेपाल तीन अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

श्रीलंका पहिलो खेलमा पराजित भएको थियो । श्रीलंकाले बंगलादेशलाई खेल १-० ले सुम्पिएको थियो । साफ अन्तर्गत नै सोमबार हुने पहिलो खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। भारत र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो