ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा पोलको भाडा नतिर्ने दुई ओटा इन्टरनेटको तार काटियो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: October 3,2021


RatoParkhalउदयपुरमा पोलको भाडा नतिर्ने दुई ओटा इन्टरनेटको तार काटियो

ईखबर १७ असोज,आइतबार                                            पोलको भाडा नतिर्ने इन्टरनेट तथा केवलहरुको तार काट्ने कार्य अन्तर्गत उदयपुरमा पनि शनिवार २ ओटा इन्टरनेटको तार काटिएको छ । प्राधिकरणले तार काटे सँगै ३३० घर परिवार प्रत्यक्ष प्रवावित बनेका छन् । हाल उयदपुरमा पोलको भाडा तिर्दै आएको भएपनि पछिल्लो समय नतिर्नेहरुको धमाधम तार काट्न थालिएको हो । शनिवार भायानेट र फस्ट लिंकको तार काटिएको छ ।

त्रियुगा नगरपालिका १० र १५ वडाको सिमलटार, रानीवास, फोक्सीनटार सम्म जडान गरिएको भायानेट र त्रियुगा नगरपालिका ७ र ८ को नमूना चोक, भाण्टाबारी, चुहाडे र गुण्टे टोल सम्मको तार काटिएको नेपाल विद्युध प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका इन्जिनियर सत्यनारायण साहाले बताए । हाल दुईओटाको मात्र काटिएको र अन्य भने भाडा तिर्ने सम्झौतामा धमाधम आउने क्रम रहेकोसाहाले बताए ।साहाका अनुसार ३ ओटा दायरामा आएर सम्झौता गरिसकेको जनाएको छ । सिद्ध विनायक नेटवर्क प्रा।ली, एस एन डिजिटल प्रालि र वयरसरफरले पोलड भाडाको लागि कार्यालयमा आएर सम्झौता गरिसकेको साहाले बताए । सिद्ध विनायक नेटवर्क प्रा।ली पुरानै नेटवर्क हो भने एस एन डिजिटल प्रालि र वयरसरफर भने पहिलो चोटी सम्झौतामा आएको नयाँ इन्टरनेट हो । वल्र्डलिंक कम्नीकेशन लगायत मुर्कुची केवल नेटवर्क प्रा।ली, डोनेक्स केबुल नेटवर्क, जनहितकोष बहुमूखी सहकारी संस्था लि। लगायतको इन्टरनेट सेवा कम्पन्नीहरु पनि सम्झौतामा आउने क्रम रहेको साहाले बताए ।

सिद्ध विनायक नेटवर्क प्रा।ली सहित यी ३ कम्पनीहरुले ०७३ देखि ०७४ सम्म मात्रै पोल भाडा बुझाएको प्राधिकरणको तथ्याङकमा उल्लेख छ । यी चारै ओटाले आर्थिक बर्ष ०७३÷०७४ सम्मको मात्रै पोल भाडा बुझाएको प्राधिकरणले बताए । त्यस यता यी कम्पनीहरुले पनि कुनै पनि भाडा नबुझाएको प्राधिकरणले जनाएको छ । उता भाडा नतिर्नेहरु दुईटाको भने तारनै काटिएको प्राधिकरणलले जनाएको छ । पछिल्लो समय प्राधिकरणमा थप नयाँ दुई ओटा इन्टरनेट कार्यालयको दायरामा आएको प्राधिकरणले जनाएको छ । एस एन डिजिटल प्रालि र वयरसरफर यी दुई नयाँ इन्टरनेटलले भाडा तिर्ने सम्झौता गरेको छ । एस एन डिजिटल प्रालि र वयरसरफर यी दुवै नयाँ र भर्खरै सम्झौतामा आएको प्राधिकरणले बताए 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो