ब्रेकिङ न्युज


#सामाजिक

मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 28,2021


RatoParkhalमेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा

ईखबर १२ असोज,मंगलबार                                            बुटवलमा मेयरलाई मुक्का हानेर प्रहरी नियन्त्रणमा रहेका युवक ५ हजार धरौटीमा रिहा भएको छन। मुक्का हान्ने युवा वुटवल जोतिनगरका पहिरो पिडित हुन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवा बुटवल ३ ज्योति नगरका गणेश पंगेनी हुन् । पंगेनीलाई समान्य धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।
पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य समेत रहेको खुलेको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो