ब्रेकिङ न्युज


#फुटबल

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 26,2021


RatoParkhalनेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

ईखबर १० असोज,आइतबार                                              नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार ओमानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  

साफको तयारीका लागि नेपाली टिम कतारमा रहेको छ ।

यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो ।

नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म आयोजना हुनेछ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो