ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको खैडाझोडामा म्याजिकले अटोलाई ठक्कर दिँदा २ जना सक्त घाईते

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 13,2021


RatoParkhalउदयपुरको खैडाझोडामा म्याजिकले अटोलाई ठक्कर दिँदा २ जना सक्त घाईते

ईखबर २८ भदौ,सोमबार                                                  उदयपुरको चौदण्डीगढी नगरपालिका १० खैराझोरामा माछा बोकेको गाडीले अटोलाई ठक्कर दिँदा अटो चालक सहित २ जना सक्त घाईते भएका छन् ।
घाईते हुनेहरुमा अटो चालक बेलका नगरपालिका ८ बस्ने अन्दाजी ३६ बर्षको रुद्र कुमार राई र सोही नगरपालिका ७ को ३२ बर्षिय जिवन राई रहेको छ । उनिहरु दुवै जनाको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।                                                                                   सोमवार अन्दाजी १२ः४० बजेको समयमा बिराट एकीकृत कृषि फर्मका माछा बोकेको म्याजिकले अटोलाई ठक्कर दिँदा अटो चालक र अर्का एक जना सक्त घाईते भएका हुन् ।
प्रत्यक्षदर्शी नविन गुरागाईका अनुसार म्याजिक गाईघाट तर्फ आउँदै गरेको र अटो बेल्टार साईड तर्फ जाँदै गरेको अवस्थामा म्याजिक अन्यन्त्रित भई अटोलाई ठक्कर दिन पुगेको थियो ।

प्रदेश १–०२ ००२ च ५२६४ नम्वरको माछा बोक्ने म्याजिकले स १ ह ८०० नम्वरको अटोलाई ठक्कर दिँएको थियो । घाईतेहरुलाई एम्वुलेन्स बाट तत्काल उद्धार गरी उपचारका लागि धरान घोपा लगेको प्रहरीले जनाएको छ । म्याजिक चालक त्रियुगा नगरपालिका १० बस्ने २६ बर्षिय तेज प्रसाद सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो