ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको कटारी ६ मा शिव मन्दिरको शिलान्यास

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 10,2021


RatoParkhalउदयपुरको कटारी ६ मा शिव मन्दिरको शिलान्यास

ईखबर २५ भदौ,शुक्रबार                                              उदयपुरको कटारी नगरपालिका–६ मा शिव मन्दिरको शिलान्यास गरिएको छ ।
साझा धर्मसंस्कृति र पर्यटन क्षेत्रकोरुपमा विकास गर्ने गरी नगरपालिकाका उपप्रमुख भिमकुमारी राउतले बिहीबार मन्दिरको शिलान्यास गर्नु भएको थियो । जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत नगरपालिकाको ५ लाख बजेटमा उपभोक्ता समितिमार्फत मन्दिर निर्माण सुरु गरिएको हो ।
मन्दिरको शिलान्यास गर्दै उपमेयर राउतले शिव भगवान हिन्दुधर्मालम्बिहरुको आश्थाको केन्द्र भए पनि सबैका लागि साझा धरोहर र त्यस क्षेत्रको पर्यटन पर्वद्धनमा टेवा पुग्ने गरी शिवमन्दिरको स्थापना गरिएको बताउनु भयो । 
उहाले स्थानीय सरकारको दायित्व सबै धर्मसंस्कृतिको समान विकास र संरक्षण गर्नु भएकाले सबै धर्मलाई संस्थागतरुपमा विकास गर्दै लैजाने नगर सरकारको योजना रहेको बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । मन्दिरको शिलान्याससँगै स्थानीय महिलाहरुले तिज विशेष कार्यक्रमसमेत आयोजना गरेका थिए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो