ब्रेकिङ न्युज


#राजनीती

नेकपा (एकीकृत समाजवादी) पार्टीको उदयपुर जिल्ला अध्यक्षमा राममणि पोखरेल

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 8,2021


RatoParkhalनेकपा (एकीकृत समाजवादी) पार्टीको उदयपुर जिल्ला अध्यक्षमा राममणि पोखरेल

ईखबर २३ भदौ, बुधबार                                                    उदयपुरमा पनि नेकपा ककीकृत समाजवादी पार्टीको संगठन विस्तार भएको छ । बुधबार गाईघाट स्थित पुराना वामपन्थी नेता राममणी पोखरेललको अध्यक्षतचामा पार्टीले कमिटि गठन गरेको हो । पार्टीका केन्द्रीय प्रवक्ता जगनाथ खतिवडा, पार्टी केन्द्रिय सदस्य वलदेव चौधरी लगायतको उपस्थितिमा समिति गठन गरिएको छ
यसअघिका नेकपा एमालेको समानान्तर कमिटीको रूपमा रहेका सबै तहका समिति नेकपा एकीकृत समाजवादीका रूपमा रूपान्तरण भएको घोषणा गरिएको छ । पार्टी अन्तरसंघर्षको क्रममा उदयपुरमा २०७७ साल चैत २२ गते समानान्तर कमिटी गठन भएको थियोे । आज बसेको जिल्ला कमिटीको बैठकले अध्यक्ष ईश्वरमणि राउतलाई जिम्मेवारीबाट हटाएर अध्यक्षका रूपमा राममणि पोखरेल चयन गरेको हो । अध्यक्ष पोखरेल नेकपा एमालेको २६ वर्षअघि सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उदयपुरको कम्युनिस्ट पार्टीको संस्थापकसमेत रहेका पोखरेल साहित्यकाररूपमा समेत परिचित हुनुहुन्छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार जनताको बहुदलिय जनवादका आधारभुत विचारहरूको नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गर्ने तथा मुलुकलाई समृद्धको दिशामा डोहोर्याउने सच्चा कान्तिकारी विचारको प्रतिनीधित्व नेकपा एकिकृत समाजवादीले गरेको छ ।
बैठकले नेकपा एकीकृत समाजवादी उदयपुर जिल्ला कमिटी जिल्लाको सम्पुर्ण कार्यकर्ताहरू दक्षिणपन्थी, विसर्जनवाद, प्रतिगमनकारी विचार र चरित्र, संगठानात्मक अराजकता, स्वेच्छारिताका विरूद्धमा उभिएर असल कम्युनिष्ट पार्टी निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च सम्माण गर्दछ र एकिकृत समाजवादीमा समाहित हुन हार्दिक आव्हानसमेत गरेको छ । भेलाले असोज ३ गते आमभेला समेत आयोजना गर्ने निर्णयसमेत भएको छ । कार्यक्रममा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य बलदेव चौधरीलगायत प्रदेश तथा जिल्ला कमिटीका सदस्यसमेतको उपस्थिति रहेको थियोे ।
संगठन विस्तार सँगै पार्टीको कर्यालय पनि राखिएको छ । गाईघाट स्थित मेनचोकमा पार्टीको कार्यालय राखिएको छ ।
उदयपुरमा पनि नेकपा ९ककीकृत समाजवादी० पार्टीको संगठन विस्तार भएको छ । बुधबार गाईघाट स्थित पुराना वामपन्थी नेता राममणी पोखरेललको अध्यक्षतचामा पार्टीले कमिटि गठन गरेको हो । पार्टीका केन्द्रीय प्रवक्ता जगनाथ खतिवडा, पार्टी केन्द्रिय सदस्य वलदेव चौधरी लगायतको उपस्थितिमा समिति गठन गरिएको छ
यसअघिका नेकपा एमालेको समानान्तर कमिटीको रूपमा रहेका सबै तहका समिति नेकपा एकीकृत समाजवादीका रूपमा रूपान्तरण भएको घोषणा गरिएको छ । पार्टी अन्तरसंघर्षको क्रममा उदयपुरमा २०७७ साल चैत २२ गते समानान्तर कमिटी गठन भएको थियोे । आज बसेको जिल्ला कमिटीको बैठकले अध्यक्ष ईश्वरमणि राउतलाई जिम्मेवारीबाट हटाएर अध्यक्षका रूपमा राममणि पोखरेल चयन गरेको हो । अध्यक्ष पोखरेल नेकपा एमालेको २६ वर्षअघि सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो । उदयपुरको कम्युनिस्ट पार्टीको संस्थापकसमेत रहेका पोखरेल साहित्यकाररूपमा समेत परिचित हुनुहुन्छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार जनताको बहुदलिय जनवादका आधारभुत विचारहरूको नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गर्ने तथा मुलुकलाई समृद्धको दिशामा डोहोर्याउने सच्चा कान्तिकारी विचारको प्रतिनीधित्व नेकपा एकिकृत समाजवादीले गरेको छ ।
बैठकले नेकपा एकीकृत समाजवादी उदयपुर जिल्ला कमिटी जिल्लाको सम्पुर्ण कार्यकर्ताहरू दक्षिणपन्थी, विसर्जनवाद, प्रतिगमनकारी विचार र चरित्र, संगठानात्मक अराजकता, स्वेच्छारिताका विरूद्धमा उभिएर असल कम्युनिष्ट पार्टी निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च सम्माण गर्दछ र एकिकृत समाजवादीमा समाहित हुन हार्दिक आव्हानसमेत गरेको छ । भेलाले असोज ३ गते आमभेला समेत आयोजना गर्ने निर्णयसमेत भएको छ । कार्यक्रममा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य बलदेव चौधरीलगायत प्रदेश तथा जिल्ला कमिटीका सदस्यसमेतको उपस्थिति रहेको थियोे ।
संगठन विस्तार सँगै पार्टीको कर्यालय पनि राखिएको छ । गाईघाट स्थित मेनचोकमा पार्टीको कार्यालय राखिएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो