ब्रेकिङ न्युज


#फुटबल

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 5,2021


RatoParkhalनेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

ईखबर २० भदौ,आइतबार                                                 नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अब दोस्रो खेलमा दुवै टिम प्रदर्शन सुधार गर्दै जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।                                                        नेपाल र भारत दुवै टिम अहिले माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीमा छन् । त्यसै तयारी अन्तर्गत मैत्रीपूर्ण खेल आयोजना भएको हो । यसै खेलमार्फत दुवै टिम आफ्नो कमजोरीलाई सुधार गर्दै साफका लागि तयार हुन चाहन्छन् ।।

नेपाल र भारतबीच दोस्रो खेल आज (आईतबार)साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

नेपालले भारतलाई ८ वर्षयता हराउन सकेको छैन । सन् २०१३ मा नेपालमै भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई समूह चरणमै २-१ ले पराजित गरेको थियो । भारतले भने पछिल्लो पटक सन् २०१७ मा मुम्बईमा भएको मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म २० खेल हुँदा नेपालले २ खेलमात्र जितेको छ । भारतले १३ खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो