ब्रेकिङ न्युज
प्रकाशित मिति: September 4,2021
ईखबर १९ भदौ,शनिबार नवगठित नेकपा एकीकृत समाजवादी पार्टी सोलुखुम्बुले जिल्लामा पार्टी कार्यालय स्थापना गरेको छ । नेकपा एमालेबाट विभाजित भएर निर्माण गरिएको उक्त पार्टीले सल्लेरीको समिक्षालय हल अगाडी तीनकुनेमा पार्टी कार्यालय स्थापना गरेको प्रचार प्रसार विभाग प्रमुख तेञ्जिङ शेर्पाले सोलु एफ।एम।लाई जानकारी दिनुभयो ।
उहाँका अनुसार सो विषय शुक्रबार नै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई समेत लिखित जानकारी गराईएको छ ।
कार्यालय स्थापना कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य आङङिमा लामा, अध्यक्ष दोर्जीजाङ्बु लामा, सचिव डिल्ली राई, सहितका नता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।