ब्रेकिङ न्युज


#सामाजिक

आज थप १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 3,2021


RatoParkhalआज थप १,७५६ जनामा कोरोना संक्रमण, २,२७४ जना निको भए

ईखबर १८ भदौ,शुक्रबार                                                  पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।  हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो