ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको देउरीमा चट्याङ लागेर बाललको मृत्यु

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 2,2021


RatoParkhalउदयपुरको देउरीमा चट्याङ लागेर बाललको मृत्यु

ईखबर १७ भदौ,बिहीबार                                              उदयपुरमा गएराति परेको अविरल बर्षा सँगैको चट्याङले लागेर एक वालकको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीका १४ बर्षिय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार साँझ ७ बजेकोे समयमा घर नजिकैको चौरीमा खेलेर घर फर्कदैँ गरेको अवस्थामा चट्याङ लागेर अचेत अवस्थामा रहेको बालकको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको बेलुका पौने ९ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केहिदिन देखि लगतार बर्षा परिरहेको र बुधबार चट्याङ सहितको बर्षा परेको थियो । साँझ बाटनै झरी र चट्याङ परिरहेको अवस्थामा चट्याङले बालल ज्यान लिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो