ब्रेकिङ न्युज


#फुटबल

नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 2,2021


RatoParkhal  नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दै

ईखबर १७ भदौ ,बिहिबार                                                  नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ।

बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका छन् ।

कप्तान किरण चेम्जोङले भारतसँग खेल्न कठिन हुने बताउँदै भारतको कमिकमजोरी पत्ता लगाएर आउँदा दिनको लागि पाठ सिक्ने बताए । उनले नेपालले घरेलु मैदानको फाइदा लिन सक्नुपर्ने पनि बताए ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतवार हुनेछ । साफ च्याम्पियनसिप आउँदाे असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो