ब्रेकिङ न्युज


#सामाजिक

कटारी अस्पताललाइ ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण ।

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: September 1,2021


RatoParkhalकटारी अस्पताललाइ ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण ।

ईखबर १६ भदौ,बुधबार                                                      नेपालि काङ्ग्रेस तरुन बिभागको केन्द्रीय सदस्य घनश्याम तामाङ (रजेन्द्र) ले स्वास्थ्य कार्यलय संग समन्वय गरि कटारी अस्पताललाइ ७५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । आज कटारी हस्पीटलको प्रङ्गणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 
केन्द्रीय सदस्य तामाङले सर्जिकल माक्स ४ हजार थान, एन ९५ माक्स ४ सय थान, हेन्ड सेनिटाइजर ५० लिटर, ग्लभ्स २ सय थान, गाउन सेट २ सय थान, अक्सीजन सिलेन्डर ५ वटा, अक्सीजन कन्सन्ट्रेटर २ थान र एनालाइजर १ थान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुकलेश माधवि र कटारी अस्पताल व्याबस्थापन समितिका अध्यक्ष तथा कटारी नगरपालिका ४ का वडा अध्यक्ष कृष्णराज दनुवारलाइ हस्तान्तरण गर्नुभएको हो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो