ब्रेकिङ न्युज


#सामाजिक

श्रीलङ्कन एअरलाइन्सको नेपाल उडान आजदेखि

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 31,2021


RatoParkhalश्रीलङ्कन एअरलाइन्सको नेपाल उडान आजदेखि

ईखबर १५ भदौ, मंगलबार                                            श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक विमान श्रीलङ्कन एअरलाइन्सले आज (मङ्गलवार )देखि काठमाण्डौमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार श्रीलङ्कन एअरले मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ, काठमाण्डौ–कोलम्बो दुईतर्फी उडान गर्ने भएको हो ।

आज बिहान नौ बजेर ४० मिनेटमा एक सय ४० जना यात्रु लिएर आउने जहाज १० बजेर ४० मिनेटमा एक सय ५० जना यात्रु बोकेर फर्कनेछ । श्रीलङ्कन एअरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट जीएसए रहेको जेनिथ ट्राभलका प्रमुख दीपक मैनालीले काठमाण्डौ र श्रीलङ्काबीचको धार्मिक पर्यटनलाई जोड्ने हिसाबले यो उडान सुरु भएको जानकारी दिनुभयो ।

अहिले श्रीलङ्काले पर्यटकलाई आगमन स्वीकृति दिइएको छ । काठमाण्डौ–कोलम्बोसहित श्रीलङ्कन एअरलाइन्सले कोलम्बोलाई ट्रान्जिट बनाएर साउदी अरेबियाको दमाम, रियाद, कतारको दोहा, दुबई र  माल्दिभ्समा पनि उडान गर्नेछ ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो