ब्रेकिङ न्युज


#सामाजिक

सर्वोच्चको आदेशपछि सोलु करिडोरको काम पुन रोकियो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 29,2021


RatoParkhalसर्वोच्चको आदेशपछि सोलु करिडोरको काम पुन रोकियो

ईखबर १३ भदौ २०७८ आइतबार                                  सर्वोच्चको अन्तरिम आदेशपछि सोलु करिडोको काम पुन रोकिएको छ । स्थानीयद्धारा  दायर मुद्दामा  सर्वोच्च अदालतले काम रोक्न अन्तरिम आदेश जारी गरे पश्चात करिडोरको काम रोकिएको हो । साउन ३२ गतेको अन्तरिम आदेश भदौ २ मा कम्पनीलाई प्राप्त भए पश्चात काम रोक्न बाध्य भएको आयोजना प्रमुख जर्नादन  गौतमले बताउँनुभयो । स्थानीयले करिडोर अन्र्तगत पर्ने जग्गा अधिग्रहण बापत प्राप्त हुनुपर्ने मुआब्जा रकम बुझ्न नमान्दा बिगत लामो समयदेखि यो समस्या रहदै आएको छ । 
आयोजना प्रमुख गौतमका अनुसार हाल प्रसारण  लाइनको ३ वटा टावर निर्माणको काम पुन रोकिएको छ । सर्वोच्चले आगमी  असोज २२ गतेभित्र स्थानीयले मुआब्जा बुझिसक्नु पर्ने फैसला समेत गरेको  छ  । २२ गतेभित्रमा मरुवाबासीले मुआब्जा नबुझेमा  प्रसारण लाइनको काम सुचारु गर्न सकिने आदेशमा उल्लेख गरिएको छ   । 
 प्रभाबित क्षेत्रका सबैलाई मुआब्जा वितरण गर्ने प्रक्रिया पुरा भएपनि मुआब्जा बढाउनुपर्ने स्थानीयले माग गदै आएका छन ।  अहिलेसम्म सञ्चालनमा आइसक्नु पर्ने भए पनि मरुवाबासीको अवरोधकै कारण प्रसारण लाइन सम्पन्न गर्न ढिलाइ हुँदै आएको र मरुवा बाहेकको रुटमा प्रसारण लाइनको जग खनी टावर ठड्याउने तथा तार तान्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 
 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो