ब्रेकिङ न्युज


#राजनीती

प्रदेश–१ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 26,2021


RatoParkhalप्रदेश–१ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त

ईखबर १० भदौ २०७८ बिहिबार/प्रदेश–१ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ। नवनियुक्त आचार्यले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो । 

मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उहाँ नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन  हुनुभएको थियो । 

यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन स् संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो