ब्रेकिङ न्युज


#सामाजिक

दश बुदे सहमति सङ्गै सोलु करिडोर अन्तर्गत मरुवाको विवाद टुङ्गियो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 3,2021


RatoParkhalदश बुदे सहमति सङ्गै सोलु करिडोर अन्तर्गत मरुवाको विवाद टुङ्गियो

ईखबर १९ साउन २०७८ मंगलबार                              सोलुकरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले  ज्यादती गरेको भन्दै विभिन्न माग सहित आन्दोलनमा उत्रियका कटारी ४ मरुवाका स्थानीयले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन । कटारी ४ मरुवामा जमिनको उचित मुआब्जा नदिई सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती काम अघि बढाएको भन्दै स्थानीयहरुले आन्दोलनका कार्यक्रमलाई अघि बढाएका थिए  । हिजो प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाई, एसपी सुभासचन्द्र बोहरा, आयोजना प्रमुख जनार्दन गौतम, नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस, नेकपा ९माओबादी केन्द्र०, एमाले, जनता समाजबादी, राप्रपा र बिप्लव नेतृत्वको नेकपासहित सात राजनीतिक दल तथा संघर्ष समिति सम्मिलित सर्वपक्षीय सहमती अनुसार २० गतेभित्र मरुवा माविमा राखिएका सुरक्षाकर्मी हटाईसक्ने, ०७५ सालमा जमिनको मुआब्जा प्रति कठ्ठा १९ लाख ७५ हजार तथा १२ लाखका दरले दिने निर्णय संशोधन गर्न गृह मन्त्रालय पठाउने सहमति भएको छ । सर्वपक्षीय बैठकले सुरक्षाकर्मीको घेराभित्र रहेर खाल्डो खन्दा भएको बालीनालीको उचित क्षतिपूर्ति आयोजना कार्यालयले दिने तथा मुआब्जा रकम भुक्तानी नभएसम्म काम अघि नबढाउने सहमति भएसङ्गै संघर्षका कार्यक्रम स्थगित भएको हो ।
हिजो भएको वार्ता द्वारा तपशिल बमोजिमको निर्णय भएको छ ।
१। जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत मिति २०७८र३र३० मा गृह मन्त्रालयमा सिफारिस पत्राचार भएकोमा सो सम्वन्धमा गृह मन्त्रालयबाट पुनः मुल्यांकन गराउनको लागि उपस्थित सबै सरोकारवाला पक्षले पहल तथा समन्वय गर्ने यस संम्वन्धमा कटारी नगरपालिकाले प्रती धुर ९२५००००० दुइलाख पचास हजार मुल्य सिफारिस गरिएकोमा सो लाई आधार लिने।
२।प्रसारण लाइन चष्नजत या धबथ भित्र पर्ने तारमुनिको ऐलानी तथा नम्बरी जग्गाको २०५ मुल्यांकनको आधार लाई बढाएर ८०५ पुर्याउन संबंधित मन्त्रालयमा पुनः अनुरोध गर्ने 
३। प्रसारण लाइन निर्माणको क्रममा बाटोमा पर्ने खेतीयोग्य जमिनमा भएको क्षेतीकोको विवरण संकलन गरि नगरपालिकाको सिफारिसमा तुरुन्त पीडित हरुलाइ आयोजनाले क्षेतिपुर्ती बापतको रकम उपलब्ध गराउने ।
४। प्रसारण लाइन निर्माणको क्रममा सामुदायिक वन क्षेत्रमा भएको बोटबिरुवाको क्षेतिको रकम तुरुन्तै डिभिजन वन कार्यलय लाई आयोजना कार्यलयले उपलब्ध गराउने साथै सामुदायिक वन क्षेत्रको जग्गामा टावर निर्माण भए बापत क्षेती भएको बराबरको निजि जग्गा खरिद गर्न आयोजनाले डिभिजन वन कार्यलयलाई रकम यथा सिघ्र उपलब्ध गराउने र सामाजिक उतरदायित्व को रकम कानुन बमोजिम उपलब्ध गराउने ।
५।प्रसारण लाइनमा परेका कटारी क्षेत्र भरिका ऐलानी तथा नम्बरी जग्गाहरुको लागत विवरणमा जग्गा धनी तथा क्षेत्रफलको यथार्थमा फरक परि संशोधन गर्नु पर्ने भएमा पालिका तथा आयोजना कार्यलयको सिफारिसमा जिल्ला मु( आब्जा क्षेतिपुर्ती निर्धारणका लागि छुट भएका सबै प्रकारका जग्गाको लागत लिन पहिचान गरि लागत विवरण १ महिना भित्र तयार गर्न आयोजना कार्यलय लाई अनुरोध गर्ने।
६। प्रसारण लाइन निर्माणको क्रममा क्षेती भएको आफ्नो जग्गाको उचित मु( आब्जा तथा क्षेतिपुर्तीको निम्ति भएको न्यायपुर्ण आन्दोलनमा घाइते हुनुभएका ब्याती हरुको उपचार खर्च आयोजनाले बेहोर्ने ।
७। मरुवा माबी बाट सुरक्षाकर्मी २०७८र४र२० गते भित्र अन्यत्र सार्ने निर्णय भयो ।
८। यस नपाको वाडा नम्बर ५ मा सब स्टेसन स्थापना गर्न आयोजना मार्फत उर्जा मन्त्रालयमा अनुरोध गर्ने ।
९। कटारी नगरपालिका एवं उदयपुर जिल्ला भरी लोडसेडिङ मुत्त क्षेत्र घोषणा गर्न आयोजना मार्फत उर्जा मन्त्रालयमा अनुरोध गर्ने निर्णय भयो।
१०। माथी उल्लेखित माग पूरा बएपछी घोषित सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको पहल समितिका संयोजक केपि बरालले बताउनु भयो।

 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो