ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको कटारीमा आज सवारीसाधन बन्द

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 2,2021


RatoParkhalउदयपुरको कटारीमा आज सवारीसाधन बन्द

ईखबर १८ साउन २०७८ सोमबार/उदयपुर कटारी नगरपालिका ४ मरुवाका स्थानीयहरुले आज कटारी बजार हुँदै संञ्चालनमा आउने सवारीसाधनमा रोक लगाएका छन । सोलु करिडोर १३२ केभी प्रशारण लाईन अन्र्तगत कटारी ४ , मरुवामा आयोजनाले गरेको ज्यादती विरुद्ध संघर्षमा उत्रिएका स्थानीयले आज कटारीबाट संञ्चालनमा आउने सवारीसाधनहरुमा रोक लगाएका हुन । सोलु करिडोर समस्या समाधान पहल समितिले शनिबार सार्वजनिक गरेको संघर्ष कार्यक्रम अन्र्तगत आज यातायात बन्दको कार्यक्रम रहेकाले आज कटारीको वसपार्क नजिकैैको तावाखोला पुलमा सवारीसाधनहरु रोकेका थिए  ।
सडक संघर्षमा उत्रिएकाहरुले तत्काल माग पुरा गर्नुपर्ने , प्रहरी दमन बन्द गर्नुपर्ने लगायतका मागहरु राखेर नाराबाजी गरेका थिए । कार्यक्रम अन्र्तगत वार्ताबाट समस्या समाधान नभएसम्म सम्पूर्ण कार्य स्थगित गरिने , आज यातायात बन्द  ,भोलि कटारीका कार्यालयहरुमा अनिष्चित कालिन तालाबन्दी ,२० साउनमा प्रहरी राखिएको मरुवामाविमा तालाबन्दी ,२१ गते साउन उदयपुर जिल्ला बन्दको आव्हान गरेको समितिका संयोजक केपी बरालले बताउनुभयो ।
कटारीका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु हस्ताक्षरित विज्ञप्तिमा सहमति विना नै कृषकहरुको खेतमा लगाईएको धान ,मकै , फलफुलमा ठुलो क्षति पुराएर काम जारी राखेकोले तत्काल वार्ताबाट निष्कर्ष निकाल्नुपर्ने माग राखिएको छ । त्यसैगरी शुक्रबार , र शनिबारको विरोध कार्यक्रममा प्रहरीले ज्याददी गर्दा स्थानीयहरु घाईते समेत भएकोले तत्काल उपचारको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखिएको छ ।
सम्बन्धित निकायहरुसँगको वार्ताको माध्यमबाट मात्रै सहमति गरेर काम अघि बढाउन पनि विज्ञप्तिमा माग गरिएको छ ।                  मरुवामा स्थानीयको विरोधका कारण प्रसारण लाइन निर्माण ३ वर्षयता रोकिँदै आएकामा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी केही दिन अघिबाट काम सुरु गरेको छ । 
स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै  आएका थिए । तर  जिल्ला सुरक्षा समिति उदयपुरले निर्माणाधीन राष्ट्रिय गौरवको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माणको अवरोध हटाउन सुरक्षाकर्मी परिचालन गरि काम अघि बढाएको छ ।
मरुवा माध्यमिक विद्यालयमा सुरक्षाकर्मी राखेर टावर निर्माण अगाडि बढेपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन । विभिन्न मन्त्रालयहरुमा डेलिगेसन गएर माग राखेको र आश्वासन समेत पाएपनि टावर स्थान परिवर्तत नभएपनि सोही रुटमा पनि उचित मुअब्जा पाउनुपर्ने स्थानीयको माग छ ।                                                                  सहमति विना नै प्रहरी गाउँभरी परिचालन गरेर काम थालिएपछि मरुवामा दैनिक तनाव थपिंदै गएको छ । दैनिक झडप हुने क्रम बढ्दै गएको छ । बिवाद समाधानका लागि राजनीतिक दलहरुले आग्रह गरेपनि प्रशासनले भने वास्ता नगरेको समितिले जनाएको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो