ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरको बेलका नगरपालिकाबाट गाँजा सहित दुई जना पक्राउ

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 2,2021


RatoParkhalउदयपुरको बेलका नगरपालिकाबाट गाँजा सहित दुई जना पक्राउ

ईखबर १८ साउन २०७८ सोमबार/उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट प्रहरीले बोलेरो जिपबाट चार केजी प्रतिवन्धित गाँजा लैजादै गरेको अवश्थामा दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भोजपुर हतुुवागढी गाउँपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेमराज राई रहेका छन् ।आईतबार बेलुका ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले को।१।ज।४५९ नम्बरको बुलेरो जिपलाई चेकजाँच गर्ने क्रममा गाँजा वरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बोलेरोको छतमा २ वटा कपडाको झोलामा ४ केजी २ सय ग्राम लागूऔषध गाँजा फेला परेको हो । गाँजा वरामदसँगै सोधपुछका क्रममा राई द्धयले आफुले ल्याएको स्वीकार गरेको डिएसपी गौतमले बताए । पक्राउ परेका राई द्धयलाई इप्रका रामपुरठोक्सिलामा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो