ब्रेकिङ न्युज


#राजनीती

षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालकाे चेतावनी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 31,2021


RatoParkhalषड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न ओलीलाई नेपालकाे चेतावनी

ईखबर १६ साउन २०७८ शनिबार/नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । 

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति सङ्केत गर्दै जालझेल, षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराउनु भएको हो ।

उहाँले भन्नु भयो, ुयो प्रतिनिधि सभा विघटन गर्ने दुस्साहस अब कसैले पनि नगरोस् । फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्, अब जे हुनेछ पारदर्शी ढङ्गले हुनेछ ।ु

अखिल फोर्सले शनिवार काठमाण्डौमा आयोजना गरेको भेलामा बोल्दै उहाँले भन्नुभयो, ुसंविधानको संरक्षण भएको छ । संविधानको सही व्याख्या भएको छ । सर्वोच्च अदालतको फैसलाप्रति हामी सम्मान गर्न चाहन्छौँ ।ु

वरिष्ठ नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गर्नुभयो । उहाँले सही विचार आत्मसात गरेर अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।

यस्तै नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दाबी गर्दै त्यहीअनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नेतृत्व अराजक ढङ्गले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो