ब्रेकिङ न्युज


#सामाजिक

आज ३ हजार ६ सय ११ जनामा काेराेना पुष्टि २७ जनाले ज्यान गुमाए

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 30,2021


RatoParkhalआज ३ हजार ६ सय ११ जनामा काेराेना पुष्टि २७ जनाले ज्यान गुमाए

ईखबर १५ साउन २०७८ शुक्रबार/नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार सात सय ८३ जनाको पीसीआर र चार हजार आठ सय ७८ जनाको एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यो कुल परिक्षणको झन्डै २५ प्रतिशत हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ सय १६ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या ६ लाख ५२ हजार दुई सय ६१ पुगेको छ । 

यही अवधिमा थप २७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ३४ जना पुगेको छ । 

अहिले नेपालमा ३१ हजार १४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो