ब्रेकिङ न्युज


#सामाजिक

उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 21,2021


RatoParkhalउदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या

ईखबर ६ साउन २०७८ बुधबार/उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या भएको छ । त्रियुगा नगरपालिका ८ का ६५ वर्षिय महिकर चौधरीको हत्या भएको हो । उनको घाटीमा धारिलो हत्यार खुकुरी प्रहार गरी हत्या गरेको छ ।
हत्याको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्तहा बस्ने ४५ वर्षिय मेमोरी भन्ने किसन सदा पक्राउ परेको छ । सदा विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै खाँदै बस्दै आईरहेका थिए ।
सदा तीन चार दिनदेखि मृतककै घरमा बस्दै आएका थिए । मंगलबार राति सदासँग सामान्य विवादसँगै खान पिन गरेर चौधरी सुतेका थिए । विहान ५ बजे सवैरै चौधरी नउठदा परिवारले हेर्दा हत्या भएको रहेछ । परिवारले नै प्रहरीलाई खबर गरेका थिए । हत्यामा प्रयोग भएको खुकुरी समेत हत्याराबाट बरामद भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय