ब्रेकिङ न्युज


#सामाजिक

आजबाट जोन्सोन खोप अभियान ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइँदै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 19,2021


RatoParkhalआजबाट जोन्सोन खोप अभियान ५० देखि ५४ वर्ष उमेर समूहलाई दिइँदै

ईखबर ४ साउन २०७८ सोमबार / सरकारले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोन्सोन खोप अभियान सुरु गर्ने भएको छ। खोप अभियानको पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका शरणर्थी, सफाइकर्मी तथा स्वास्थ्यकर्मी रहनेछन्। 

साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन्। खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप अभियान सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   जोन्सोन एण्ड जोन्सोनको ज्याक्सन खोप एक डोज मात्र लगाए पुग्नेछ।

गत साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो। सबैजसो जिल्लामा खोप पुगिसेको पनि मन्त्रालयले जनाएको छ। यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो । केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो