ब्रेकिङ न्युज


#सामाजिक

आज साउने सङ्क्रान्ति लुतो फाल्ने दिन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 16,2021


RatoParkhalआज साउने  सङ्क्रान्ति लुतो फाल्ने दिन

ईखबर १ साउन २०७८ शुक्रबार                                           आज साउने  सङ्क्रान्ति साउन १ गते । आज बेलुका लुतोफाल्ने चलन छ परम्पराअनुसार  कागभलायो, कुकरडाइनो, लुतेझार पानीअमला,कागती,अम्बा,नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिन्छ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने,शङ्ख फुक्ने,घण्ट बजाउने,ढोका बन्द गर्ने चलन छ। असार महिनामा धेरैजसो खेतीमा व्यस्त हुने हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। यस्तै,साउन महिनालाई विशेषरुपमा भगवान शिवको पूजा गरेर मनाइन्छ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको पनि देखाउने गरिएको छ। साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ। 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय