ब्रेकिङ न्युज


#राजनीती

नेकपा माओवादी केन्द्र नगर समिति कटारीले विभिन्न ७ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझायो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 15,2021


RatoParkhalनेकपा माओवादी केन्द्र नगर समिति कटारीले विभिन्न ७ बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझायो

ईखबर ३१ असार २०७८ बिहिवार / उदयपुरको कटारी नगरपालिकालाई शुसासन सहितको जनउत्तरदायी नगर बनाउन माग गर्दै माओवादि केन्द्रले आज ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्र नगर समिति कटारीले विभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
समितिका अध्यक्ष मनिराज दाहालले मेयर ज्ञानेन्द्र श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा नगरपालिका भित्र भएका गतिविधिहरुलाई गोप्यतामा राखिएको भन्दै ससर्त,निसर्त ,समपुरक,लगायतका स्रोत र ऋण लिएको भए पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने,प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक सुनुवाई गर्नुपर्नेमा गर्न नसकेकाले प्रत्येक वडामा स्थानीय सरकार संञ्चालन ऐन २०७४ कोअधिनमा रहि सार्वजनिक सुनुवाई हुनुपर्ने,नगरको सेवामा ढिलासुस्ती,शुसासन कायम नभएकाले नगरपालिकाले जवाफ दिनुपर्ने मागहरु राखिएको छ ।

त्यस्तै,नगरपालिकाले खरिद गरेको बिभिन्न सामानहरुकोे मुल्यसुचि सहित सार्वजनिक गर्नुपर्ने,नगरको सवै शाखाको बजेट सार्वजनिक गर्नुपर्ने,कोरोना कोषको बजेट र खर्च सार्वजनिक गर्नुपर्ने,र नगरका सार्वजनिक जग्गा संरक्षणको निम्ति नेपालको कानुन र भूमी ऐन अनुसार सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने जसका लागि सर्वदलिय,सर्वपक्षिय सरोकारवालाहरु सहितको सहमति जुटाउनुपर्ने मागहरु राखिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु सम्बोधन नभए थप संघर्षका कार्यक्रहरु तय गर्न वाध्य हुने पनि ज्ञापन पत्रमा चेतावनी दिईएको छ । ज्ञापन पत्र वुझ्दै मेयर श्रेष्ठले छिटोभन्दा छिटो मागहरुको सम्बोधन गर्दै सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभयो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो