ब्रेकिङ न्युज


#सामाजिक

कटारी नगरपालिकाले कृषकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले ४२ थान मिनीट्रेलर वितरण

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 14,2021


RatoParkhalकटारी नगरपालिकाले कृषकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले ४२ थान मिनीट्रेलर वितरण

ईखबर ३० असार २०७८ बुधबार / उदयपुरको कटारी नगरपालिकाले नगरका ४२ कृषी समूह , कृषी सहकारी तथा कृषी फर्मलाई मिनीट्रेलर वितरण गरेको छ । आज  एक कार्यक्रमका वीच नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले कृषकहरुलाई मिनीट्रेलर वितरण गर्नु भयो ।
नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कृषी यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकहरुलाई मिनीट्रेलर वितरण गरेको हो । मिनीट्रेलर वितरण गर्दै मेयर श्रेष्ठले कृषकहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढ्ने बताउनु भयो । ‘विकासका कामसँगै कृषीलाई पहिलो प्राथमिकतामा राखेर नगर अघि बढेको छ । ’श्रेष्ठले भन्नु भयो -‘निकट भविष्यमै नगरको पहिचानका लागि कृषकहरुलाई कृषक परिचय पत्र वितरण गर्ने तयारी गरिरहेका छौं ।

नगरपालिकाका कृषी विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलले आगामी दिनमा पनि कृषीलाई आधुनिकीकरण गर्ने काममा नगरपालिका लागि पर्ने बताउनु भयो । नगरपालिकाका कृषी शाखा प्रमुख सोनु मिश्रका अनुसार मिनीट्रेलरमा नगरपालिकाले ७५ प्रतिशत अनुदान व्यहोर्दा कृषकले २५ प्रतिशत लगानीमा मिनीट्रेलर पाएका हुन् ।

मिनीट्रेलर पाएपछी कृषकहरुले कृषी कार्यलाई थप सहज रुपमा अघि बढाउन सहयोग पुग्ने भन्दै खुसी भएका छन । नगरपालिकाले ९ एच पीको २७ थान र ७ एच पीको १५ थान मिनीट्रेलर वितरण गरेको नगरको कृषी शाखाले जनाएको छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय