ब्रेकिङ न्युज


#फुटबल

युरोकप उपाधिका लागि इटली र इंग्ल्याण्ड खेल्दै बिजेता टोलीले एतिधेरै पाउँछ पुरस्कार

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 11,2021


RatoParkhalयुरोकप उपाधिका लागि इटली र इंग्ल्याण्ड खेल्दै बिजेता टोलीले एतिधेरै  पाउँछ पुरस्कार

ईखबर २७ असार २०७८ आइतबार /  युरो २०२० को १६ औँ संस्करणको उपाधिका लागि इटली र इंग्ल्याण्ड खेल्दैछन् । यी दुई टोलीबीचको खेल आज राति १२:४५ बजे हुनेछ ।                        दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एक पटकको विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो ।                                                                                    ११ वटा देशका शहरमा एकसाथ आयोजना भएको युरोकपमा यस पटक दुवै आयोजक फाइनल पुगेका छन् । समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो ।इंग्ल्याण्डले क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो ।                                                                इटलीले फाइनल पुग्दा १२ गोल गरेको छ भने ३ गोल खाएको छ । उता इंग्ल्याण्डले अहिलेसम्म १० गोल गर्दा १ गोल मात्र खाएको छ ।इंग्ल्याण्डका कप्तान ह्यारी केनले ४ गोल गरेका छन् भने रहिम स्टर्लिङले ३ गोल गरेका छन् । इटलीका पाँच खेलाडीले २-२ गोल गरेका छन् ।                                                                  सर्वाधिक गोल गर्ने सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अघि छन् । उनले ५ गोल र १ असिस्ट गरेका छन् । यस्तै चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेका छन् ।फ्रान्सका करिम बेन्जिमा ४ गोलसहित तेस्रो स्थानमा छन् ।                                      युरोकपलाई ‘मिनी विश्वकप’ भनेर पनि चिनिन्छ ।२४ देश सहभागी यो प्रतियोगितामा उपाधि जित्ने टोलीले करोडौं पुरस्कार राशि पाउँछ । युरोकप विजेताले १ करोड युरो अर्थात् १ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ पाउने छ ।यस्तै, दोस्रो हुने देशले ७० लाख युरो अर्थात् ९९ करोड १५ लाख रुपैयाँ, तेस्रो र चौथो हुनेले ५० लाख युरो अर्थात् ७० करोड ८२ लाख रुपैयाँ पाउने छन् ।त्यस्तै, क्वाटरफाइनलिष्ट ४ देशले ३२ लाख ५० हजार युरो अर्थात् करिब ४६ करोड ३ लाख रुपैयाँ हात पार्ने छन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय