ब्रेकिङ न्युज


#फुटबल

कोपा अमेरिका फुटबलको महाभिडन्त भोलि बिहान ५:४५ बजे ब्राजिल र अर्जेन्टिना भिड्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 10,2021


RatoParkhalकोपा अमेरिका फुटबलको महाभिडन्त भोलि बिहान ५:४५ बजे ब्राजिल र अर्जेन्टिना भिड्दै

ईखबर २६ असार २०७८ शनिबार                                        कोपा अमेरिका फुटबलको  महाभिडन्त भोलि (आईतबार) बिहान ५:४५ बजे ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा हुने भिडन्तले दक्षिण अमेरिकी फुटबलको नयाँ शक्ति राष्ट्रको टुङ्गो लगाउनेछ ।                  दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र १ सय ११ पटक एक आपसमा भिडेका छन् । जसमा अर्जेन्टिनाल ४६ खेलमा जित दर्ता गरेको छ । ब्राजिल मात्र ४० खेलमा विजयी छ । बाँकी २५ खेल बराबरीमा सकिएको तथ्याङ्ग छ ।                                        अन्तिम पटक दुवै टिम सन् २०१९ को नोभेम्बरमा मैत्रीपूर्ण फुटबलमा भिडेका थिए । जहाँ मेस्सीको गोलमा अर्जेन्टिनाले जित निकालेको थियो ।तर अन्तिम पटक मुख्य प्रतियोगितामा दुवै टिम न् २०१९ को कोपा अमेरिकाको सेमिफाईनलमा भिडेका थिए । जहाँ ब्राजिल २–० ले विजयी बनेको थियो ।                                      हेड टू हेडका आधारमा अर्जेन्टिना बलियो देखिन्छ । तर कोपा जस्तो ठुलो खेल स्पर्धामा ब्राजिलको ईतिहास बलियो छ । कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन ।कोपा अमेरिकाको ईतिहासमा अर्जेन्टिनामाथि ब्राजिल सधै हाबी हुँदै आएको देखिन्छ ।                                                              दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ ।                              सेमिफाइनलमा ब्राजिलले पेरुलाई हराएर फाइनलमा स्थान बनाएको थियोभने अर्जेन्टिनाले कोलोम्बियालाई हराएर ब्राजिल सङ्गको भेट पक्का गरेको थियो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो